
२९ जेठ, धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर दोस्रो कार्यकालका लागि प्यानसहित विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र राठीलाई ३२३ मतले पराजित गर्दै कुँवर दोहोरिएका हुन् । कुँवरले ६७८ मत प्राप्त गरेर विजयी हुँदा राठीले ३५५ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा प्रतिद्धन्द्धी हरीशंकर ठाकुरलाई हराउँदै पुष्करराज ओझा दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । उद्योग उपाध्यक्षमा कुँवर प्यानलकै दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । १६ सय भन्दा बढी मतदाता रहेपनि १०९५ जनाले मात्रै मतदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4