
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले थारुलाई मात्रै लाग्ने सिकलसेल इमिनिया नियन्त्रणका लागि अनुसन्धानमा मात्रै सीमित नभएर लुम्बिनी र सुदूरपश्चिममा त्यस रोगसम्बन्धी अस्पतालसमेत स्थापना गर्न माग गरेका छन् ।
विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले तराई-मधेसका थारु जातिको स्वास्थ्यमा सरकारले ध्यान दिन नसकेको तथा सरकारी क्षेत्रका अस्पतालमा सुविधा, जनशक्ति र क्षमता बढाउन आग्रह गरे ।
सांसद चौधरीले सरकारका नियुक्तिमा समावेशीताका आधारमा नियुक्त गर्न पनि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4