
काठमाडौं । नेटफ्लिक्सको चर्चित सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजन निर्माणको घोषणा भएको छ । स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आइतबार राति सांकेतिक टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।
भिडियो सन्देश जारी गर्दै सिरिजका कार्यकारी निर्माता वाङ डोङ ह्युकले कुन चरित्र सिरिजमा फर्कने र को नफर्कनेबारे उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘स्क्विड गेमको पहिलो सिजन बजारमा ल्याउन १२ वर्ष लागेको थियो । तर नेटफ्लिक्समा सबैभन्दा बढी हेरिने सिरिज बन्न यसलाई १२ दिन पनि लागेन,’ वाङले भनेका छन् ।
वाङले लेखक, निर्देशक र निर्माताको रुपमा दर्शकलाई धन्यवाद समेत दिएका छन् । उनले भिडियो सन्देशमा सिरिजको दोस्रो भागको कथा कसरी अघि बढ्नेछ भनेर संकेत पनि दिएका छन् ।
वाङका अनुसार सिरिजका हिरो र भिलेन दुवै दोस्रो सिरिजमा पनि देखिनेछन् । सिरिजको दोस्रो भाग सन् २०२३ को अन्त्यतिर आउनेछ । थुप्रै अवार्ड जितेको यो सिरिजलाई जुलाई १२ मा हुने एम्मी अवार्डका लागि पनि प्रमुख दाबेदार मानिएको छ ।
प्रतिक्रिया 4