
काठमाडौं । विभिन्न साहित्यकारका १० लघुकथा पुस्तक एकसाथ विमोचन गरिएको छ । नेपाली लघुकथा समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लघुकथा पुस्तक सार्वजनिक गरिएको हो ।
रञ्जुश्री पराजुलीको ‘जिउँदो सतीप्रथा’, विश्वराज अधिकारीको ‘पिरको आवाज’, कुमुदप्रसाद शर्मा प्याकुरेलको ‘छप्पवन भोग’, ललिता दोषीको ‘महान् कविज्यू’ विमोचन गरिएको छ ।
यस्तै मनिषकुमार शर्मा समितको ‘हराएको सहर’, किसन पौडेलको ‘खुशी’, म्यामराज राईको ‘हाम्रो बाटो’, खेमराज पोखरेलको ‘श्रीवल्ली’, गायत्रीकुमार चापागाईंको ‘गाईजात्रा’ र १८ लघुकथाकारको संयुक्त संकलन ‘संयोग’ पनि विमोचन गरिएको हो । संयुक्त लघुकथाको सम्पादन खेमराज पोखरेलले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4