+
+

‘जुठे’ ट्रेन्डिङको शीर्षस्थानमा पुगेपछि ‘बल्छी धुर्वे’ भन्छन्- अर्गानिक कथाको जित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १२:४३

काठमाडौं । टेलिभिजन सिरिज ‘जुठे’ चार दिनदेखि युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ । सोमबार मध्यान्हसम्म सिरिजको ६३ औं भागलाई १४ लाख पटक हेरिएको छ । सामाजिक सञ्जालमा भाइरल कन्टेन्टको दबदबा चलिरहँदा अर्गानिक कथावस्तुमा बनेको सिरिजले शीर्षस्थान ओगट्नु आफैंमा उत्साहजनक हो ।

‘हामी निकै हर्षित छौं । हामीले यसलाई नेपालीपन र अर्गानिक कन्टेन्टको जितको रुपमा लिएका छौं,’ बल्छी धुर्वे नामले परिचित अभिनेता तथा निर्देशक मरिचमान श्रेष्ठले अनलाइनखबरसँग भने ।

उनी अगाडि भन्छन्, ‘हामीले कथा चोर्नुपरेन । कथा आयातीत होइन । गाउँले जीवनशैलीमा हामीले कथा बुनेका छौं । यसलाई दर्शकले रुचाउनुभएको छ । कमेन्ट राम्रो पाएका छौं ।’

लमजुङको राइनास नगरपालिकाको परिवेश र आञ्चलिकतालाई ‘जुठे’ सिरिजले समावेश गरेको छ । ‘काठमाडौं वरपर हामीले कथालाई चाहिएजस्तो परिवेश र ढिकिजाँतो भेटेनौं र त्यही अर्गानिक भूगोल खोज्दै हामी राइनासकोट पुगेका हौं,’ मरिचममानले भने ।

राइनास पुगेर एकैपटक ६ भाग खिच्ने गरिएको उनले बताए । सिरिजलाई हिमालय टीभीसहित युट्युबमा मास्टर टीभी च्यानलमार्फत रिलिज गर्ने गरिएको छ ।

मरिचमान र राजु पौडेलले संयुक्त रुपमा सिरिजलाई निर्देशन गरिरहेका छन् । ‘जुठे’मा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?