+
+

युवा उद्यम शीर्षकमा रकम दुरुपयोग भइरहेको छ : मन्त्री गहतराज

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते ६:१७

३० जेठ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा उद्यम शीर्षकमा लगानी भएको रकम दुरुपयोग भइरहेको बताएका छन् ।

युथ भिजन, १० वर्षे योजना तथा राष्ट्रिय युवा नीतिका बारेमा परामर्श गोष्ठीमा मन्त्री गहतराजले युवा उद्यम शीर्षकमा विभिन्न कोष, प्रतिष्ठान विकास समिति लगायतको १४ वटा कोषबाट अर्बौं रुपैयाँ खर्च भएपनि प्रतिफल नदेखिएकोले दुरुपयोग भएको बताए । उनले भने, ‘युवा उद्यम शीर्षकमा विभिन्न १४ वटा कोषबाट अर्बौं लगानी भइरहेको छ । तर, त्यसले कुनै प्रतिफल दिन सकेको देखिएन । प्रतिफल नआउनु दुरुपयोग हुनु हो ।’

देशमा भएका युवा जनशक्तिको मिहेनत र सीपलाई सदुपयोग गर्न नसक्दा योग्य युवाहरू विदेशिन बाध्य भइरहेकोले युवाहरुलाई उत्पादनका रणनीतिसँग जोड्नुपर्ने मन्त्री गहतराजको भनाइ थियो ।

आइतवार शिक्षा पत्रकार सञ्जाल (इजोन) र राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको परामर्श परामर्शमा सहभागी युवाहरुले युवा परिषद्ले केन्द्रिकृत कार्यक्रम मात्रै नल्याएर स्थानीय तहसँग जोडेर पहुँचमुलक कार्यक्रम तय गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले कार्यक्रम नेपालको सबै क्षेत्रको युवाको पहुँचमुलक बनाउने बताए ।

बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, शिक्षा पत्रकार सञ्जालका अध्यक्ष प्रकृति अधिकारी लगायतले युवा नीति र युथ भिजनलाई समय सापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?