
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना गरेको छ ।
स्वस्थ नारी पहल अभियानअन्तर्गत सञ्चालित स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराएका थिए । शिविरमा १५० जना भन्दा बढी महिलाहरुले स्वास्थ्य जाँच गराएका थिए ।
शिविरमा नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारी रहेको बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4