
३० जेठ, काठमाडौं । चिनियाँ शहर छेन्दु र काठमाडौं पुनः सिधा हवाई सम्पर्कमा जोडिएका छन् । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि यो रुटमा नियमित उडान रोकिएको थियो ।
नेपालस्थित चिनियाँ दूतावासले छेन्दु–काठमाडौ–छेन्दु रुपमा उडान सुरु भएको जानकारी गराएको छ । यो रुटमा चिनियाँ कम्पनी एयर चाइनाले उडान गर्न थालेको हो । चीन नेपालको ठूलो पर्यटन स्रोत बजार मध्ये एक हो । तर, कोरोनापछि यात्रामा लागेको प्रतिवन्धका कारण चिनियाँ नागरिकहरु आउन पाएका छैनन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर चाइनाले यो रुटमा साताको एक उडान (आइतबार) गर्ने गरी अनुमित लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4