
३० जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा ल्याउने पहल भइरहेको बताएकी छन् ।
मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । यी भूमीहरु नेपालको हो भन्नेमा आशंका नर्गन सांसदहरुलाई मन्त्री श्रेष्ठका आग्रह छ ।
‘यसै सम्मानित सदनबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भूभाग नेपालको सार्वभौम भूमि रहेको विषय एकमतले पारित भैसकेको ऐतिहासिक तथ्य हुँदा हुँदै यस विषयमा थप शंका, उपशंका गरिरहनुपर्ला र ?, कतै हामी आफैँमाथि अविश्वास त गरिरहेका छैनौं ?’ मन्त्री श्रेष्ठको सांसदहरुलाई उल्टै प्रश्न छ ।
सांसदहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा कहिले आउँछ ? भनी प्रश्न गरेका थिए ।
जवाफमा उनले भनेकी छन्, ‘ती भाग निसन्देश नेपाली भूमि हो भन्ने विषयमा नेपाल सरकार दृढ र विश्वस्त छ । ती स्थानहरु नेपालको भोगचलनमा ल्याउन नेपाल सरकारको सक्षम निकायले बार्ता र कुटनीतिक माध्यमबाट आवश्यक पहल गरिरहेकै छ ।’
प्रतिक्रिया 4