
काठमाडौं । प्रियंका कार्की र सरिता गिरीको मुख्य भूमिका रहने वेब सिरिज ‘साहु बा’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंको अनामनगरस्थित मन्दिरमा सिरिजको मुहूर्त गरियो ।
फ्रेम इन प्रोडक्सनले निर्माण गर्ने सिरिजलाई सुजोय योङले निर्देशन गर्दैछन् । मंगलबारदेखि छायांकन हुने थ्रिलर सिरिज काठमाडौं आसपासमा खिचिने भएको छ ।
प्रियंका र सरितासहित सिरिजमा अमितेष शाह, कविता नेपाली, नम्रता श्रेष्ठ, शेखर चापागाईं, कविता नेपाली र प्रदीप बाँस्तोलाको मुख्य भूमिका छ । सिरिजमा सरिताले मुख्यमन्त्री र प्रियंकाले प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्नेछन् ।
सरिता सिरिजमा कास्टिङ निर्देशक समेत हुन् । सिरिज पहिलो सिजनमा १३ एसिपोड छायांकन हुने जनाइएको छ । पछिल्लो समय प्रियंका वेब सिरिज र केही टेलिभिजन शो उत्पादनमा समेत सक्रिय छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4