
३० जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले केही वर्ष श्रमिक विदेश पठाउने नेपालका लागि बाध्यता रहेको बताएका छन् ।
बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वैदेशिक रोजगारीमा युवाहरुलाई पठाउन बन्द गरेर नेपाललमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन सुझाव दिएका थिए । साथै उनले वैदेशिक रोजगारीलाई खारेज नै गर्नुपर्ने माग राखेका थिए ।
जवाफमा मन्त्री श्रेष्ठले भने, केही वर्ष श्रमिक विदेश पठाउने बाध्यता सरकारसामु रहेको छ । तर, पनि कसरी वैदेशिक रोजगारीमा जाने क्रम घटाउन सकिन्छ भनेर सरकार लागिपरेको छ ।’
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा जाने श्रमिक नठगिउन् भनेर आफू गम्भीरताका साथ लागिपरेको उल्लेख गरे । ठगीमा संलग्नलाई कुनै पनि हालतमा नछाड्ने उनको प्रतिवद्धता छ ।
प्रतिक्रिया 4