+
+

डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १९:३८

३० जेठ, डोटी । डोटी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जडान भएको अक्सिजन प्लान्टको सोमबार प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उद्घाटन गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा डोटी लगायत सुदूरपश्चिममा अक्सिजनको चरम अभाव भएपछि प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ को वजेटमा अक्सिजन प्लाण्टका लागि ८० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले अक्जिन प्लाण्ट जडानका लागि टेण्डर आह्वान गरी प्रक्रिया अगाडि बढाएको डोटी जिल्ला अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए ।

उनले ६५ लाख रुपैयाँको लागतमा उक्त प्लाण्ट जडान भएको जानकारी दिए । अक्सिजन प्लाण्ट जडान भइसकेपछि जिल्लामा आउने बिरामीहरुको उपचारमा सहज हुने अध्यक्ष नेपालीको बिश्वास छ ।

सो क्रममा अध्यक्ष नेपालीले अस्पतालमा इन्डोस्कपी सेवा र विशेष चिकित्सा सेवा सुरु गर्नका लागि आफूले प्रयास गरिरहेको वताए । उनले भने ‘संघीय र प्रदेश सरकारका माननीय मन्त्रीहरु र सांसदहरुसंग हामीले अनुरोध गरिरहेका छौं, यसमा सबैको सहयोगको आवश्यकता छ ।’

प्लान्टको उद्घाटनको क्रममा मन्त्री रैकाले जिल्ला अस्पताललाई शव वाहन र एम्वुलेन्स उपलव्ध गराउने बिषयमा मन्त्रालयमा छलफल भएको बताए । ‘खरिद प्रक्रिया पूरा गर्दा दुई/तीन महिना लाग्छ होला’ मन्त्री रैकाले भने ‘तर जिल्ला अस्पतालका लागि एम्वुलेन्स र शव वाहन पक्कै आउँछ ।’ उनले आर्थिक बर्ष ०७९/०८० भित्रै डोटी जिल्लामा डायलासिस सेवा पनि सुरु हुने बताए ।

जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन श्रेष्ठले अक्सिजन सञ्चालनमा आएपछि विरामीहरुलाई अक्सिजन आपूर्ति गर्न सहज हुने बताए । ‘अब पाइपको माध्यमबाट बेडमै अक्सिजन पुर्‍याइनेछ’ डा. श्रेष्ठले भने ‘यस प्लान्टबाट प्रत्येक २४ घण्टामा करिब १० सिलिण्डर अक्सिजन उत्पादन हुने हाम्रो अनुमान छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?