
३० जेठ, काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारले मुलुकलाई भू– राजनीतिक द्वन्द्वमा धकेल्ने काम भइरहेको भन्दै त्यसलाई रोक्न आवश्यकता अनुसार विरोध र भण्डाफोर गर्ने जनाएको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकपछि प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको सरकारको गतिविधिका कारण बाह्य सम्बन्धहरूमा विचलन आएकोप्रति बैठकमा छलफल भएको बताए ।
‘पछिल्लो समय वर्तमान सरकारले बाह्य सम्बन्धहरूमा जुन ढंगको विचलन ल्याउँदै गएको छ त्यसले हाम्रो स्वतन्त्र सन्तुलित परराष्ट्र नीति खलबलिँदै छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘पार्टीले आवश्यकताअनुसार आलोचना, विरोध, भण्डाफोर गर्ने र नेपाललाई स्वतन्त्रता, सार्वभौमसत्ता भौगोलिक अखण्डता, स्वाधीनतामाथि आँच आउने खालका कुनै पनि गतिविधिहरू हुन नदिनका लागि हाम्रो पार्टीको भूमिकालाई अझैं बलियो बनाउने विषयमा छलफल गरेका छौँ ।’
उनले नेपाललाई नजानिंदो गरी भू–राजनीतिक द्वन्द्वतिर धकेल्ने कामहरू वर्तमान सरकारबाट भइरहेको बताए ।
प्रतिक्रिया 4