
काठमाडौं । हलिउडको डीसी युनिभर्सले नयाँ स्टार पाउने देखिएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार सन् २०१९ को ब्लकबस्टर फिल्म ‘जोकर’को दोस्रो श्रृंखलामा गायिका तथा अभिनेत्री लेडी गागाको प्रवेश हुने पक्का देखिएको छ ।
टड फिलिप्सले निर्देशन गर्ने ‘जोकर : फोली अ ड्युक्स’लाई म्युजिकल ड्रामा बताइएको छ । जुन ७ मा निर्देशक फिलिप्स र अभिनेता ज्याकिन फिनिक्सले दोस्रो श्रृंखला निर्माणको खुलासा गरेका थिए ।
फिल्मको अघिल्लो भागले विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेको थियो । निर्माण कम्पनी वार्नर ब्रोजसँग यदि सम्झौता भए गागाले डीसी पात्र क्वीनको भूमिकामा अभिनय गर्नेछिन् ।
गागाको प्रवेश र म्युजिकल ड्रामा हुने खबर बाहिरिएपछि जोकर सिक्वेललाई लिएर चर्चा चलेको छ । फिलिप्सले सन् २०१८ मा निर्माण गरेको ‘अ स्टार इज बर्न’मा लेडी गागाको मुख्य भूमिका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4