
एक ठूलो नेपालभित्रको
नेपालभित्र रहेको सानो नेपालभित्र रहेको सानो नेपाल
मप्रति जिम्मेवार बनोस् ।
तर चाहनाभित्र मरेका चाहनाहरू
बारम्बार चाहनाले नचाहेरै मारिएका छन् ।
सोच्छु, कोही
तिमीभित्रको तिमीभित्र लुकेको तिमीलाई भेटाउन
दौडिंदै, हिंड्दै, उड्दै, गुड्दै, पौडिंदै आउँदैछु भनोस्
एक पलभित्रको पलभित्र रहेको कुनै एक पलमा ।
कति सजिलो छ निराशाभित्र रहेको आशाको
बीचमा रहेको निराशाको आशा टुक्राउन ।
कति सजिलो छ उड्न लागेको उडानभित्र
तयार भएको विपना
सम्झिन बुझ्न ।
ती कसैका सपना
कसका सपना ?
कसले समातिदिने ?
कसले सकारिदिने ती बन्न उद्धत विपना ?
आफ्नो खुसीको लागि खुसीभित्रको खुसीलाई टुक्राएर
दुःखको बीचमा रहेको खुसी
खोज्दै कति हिंड्नु ।
जति बुझेर बुझको घेरामा बुझाइलाई बिस्तार गराउँछु
त्यति बुझ अबुझ बनेर बुझाइलाई प्रश्न गर्छ
के साँच्चै बुझेको छस् तैंले ?
बुझेको भए किन चुप छस् ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4