+
+

कृषि मन्त्रीले संसदलाई जानकारी गराए कृषि उपज आयातको विवरण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १२:५५

३१ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले प्रतिनिधिसभा सदस्यहरुलाई कृषि उपज आयातको विवरणबारे जानकारी गरएका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले आगामी आर्थिक बर्षका लागि सरकारले कृषि मन्त्रालयतका लागि विनियोजन गरेको बजेट शीर्षकमाथि गरेका प्रश्नहरुको जवाफ दिँदै उनले आयातको विवरण सुनाएका हुन् ।

मन्त्री यादवका अनुसार केही वर्ष यता निरन्तर धानउत्पादन र उत्पादकत्वमा वृद्धि हुने क्रममा रहेको थियो । तर, चालु आर्थिक वर्षमा भने बेमौसमी वर्षका कारण धान उत्पादनमा ७.७४ प्रतिशतले ह्रास आएको उनले बताए ।

मन्त्री यादवले सांसदहरुलाई दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ३७ अर्ब ५५ करोड रुपैयाँ बराबरको धान÷चामल आयात भएको छ ।

१४ अर्ब २९ करोड रुपैयाँको मकै, ५ अर्ब ३७ करोड रुपैयाँको गहुँ, ६ अर्ब १५ करोड रुपैयाँको आलु, २ अर्ब १२ करोड रुपैयाँको प्याज, ५ अर्ब ७ करोड रुपैयाँको स्याउ, ४ करोड ९७ लाख रुपैयाँको गोलभेँडा र१ अर्ब १६ करोड रुपैयाँ बराबरको केरा आयात भएको छ ।

कृषि उपजको उत्पादकत्व वृद्धिका लागि सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याएको छ ? भन्ने प्रश्न विगतका वर्षहरुमा सरकारको प्राथमिकतामा नपरेका कारण निरन्तर उठिरहेको उनको भनाई छ । तर, वर्तमन सरकारले विशेष प्राथमिकताका साथ बजेट कृषि क्षेत्रमा विनियोजन गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?