
३१ जेठ, काठमाडौं । परराष्ट्र मन्त्री डा.नारायण खड्का वर्तमान सरकार बनेपछि अन्तराष्ट्रिय सम्बन्धमा थप विस्तार भएको दाबी गरेका छन् ।
बजेट माथि उठेका प्रश्नको प्रतिनिधि सभामा जवाफ दिने क्रममा सरकार बनेसँगै अन्तराष्ट्रिय सम्बन्धलाई थप विस्तार र सुदृढ गर्ने कार्य गरिएको उनले दाबी गरे ।
सरकारले देशको राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेको खड्काले बताए । ‘विश्वका सबै मित्र राष्ट्रहरुसँगको सम्बन्ध थप प्रगाढ बनाउने कार्य भएको छ ।’ खड्काले भने,‘आपसी हितका क्षेत्रमा थप विस्तार, सहकार्य र अन्तर आवद्धतालाई बढवा दिएका छौं ।
सरकारले स्वतन्त्र परराष्ट्र नीति अबलम्बन गरेको उनले सदनलाई जानकारी गराए । राष्ट्रिय हित र अन्तराष्ट्रिय सिद्धान्तको मूलभुत आधारलाई अंगिकार गर्दै पारस्परिकतामा आधारित सन्तुलित परराष्ट्र नीति लिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4