
काठमाडौं । धीरज मगर र अदिती बुढाथोकी स्टारर फिल्म ‘बाबरी’को शीर्ष गीत रिलिज भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको नयाँ पोस्टरसहित ‘बाबरी रंग’ गीत सार्वजनिक गरिएको हो ।
गीतमा धीरज र अदिती रोमान्टिक मुद्रामा प्रस्तुत छन् । गीतमा अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको छ भने अनमोल गुरुङको शब्द तथा संगीत छ । गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा धीरज नाड्कर पनि मुख्य भूमिकामा छन् । सुरेन्द्र पौडेल निर्देशित ‘बाबरी’ भदौ ३१ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुँदैछ ।
पुष्पलता बुढाथोकी र गणेश बुढाथोकी निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4