३१ जेठ, काठमाडौं । नेकपा एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ (नेकोस)ले आगामी मंसिर १४ गते महासंघ स्थापना दिवसको अवसरमा साताव्यापी खेल महोत्सव आयोजना गर्ने भएको छ ।
सोमबार बसेको नेकोसको प्रथम स्थायी समिति वैठकले महोत्सव आयोजना गर्ने निर्णय गरे पनि साताव्यापी कार्यक्रमको प्रारुप सार्वजनिक गरेको छैन ।
बैठकले असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा ‘खेलाडी खेलमा दुई दिन’ भन्ने नारासहित हिले डोरी तान प्रतियोगिता आयोजन ागर्ने निर्णय गरेको छ । काठमाडौं मेट्रो फेस्टिभलअन्तर्गत आयोजना हुन बाँकी कार्यक्रम असार ११ गतेभित्रै सम्पन्न गर्ने निर्णय भएको छ ।
सांस्कृतिक चाडपर्वलाई मध्यनजर गरी स्थानीयस्तरमा खेलकुदलाई जनमनमा पु¥याउने उद्देश्यले स्वस्थ अभियान सुरु गर्ने निर्णय पनि नेकोसले गरेको छ ।
प्रतिक्रिया 4