
काठमाडौं । नेपाली जनसम्पर्क समिति, जापानमा विवाद बढेको छ । सभापति लालबहादुर केसीले आफूखुसी काम गरेको भन्दै संस्थाका बहुमत पदाधिकारीहरुले विरोध जनाएका छन् ।
उनीहरुले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत मे २२ मै संस्थाको अधिवेशन भएर जिम्मेवारी तोकिइसकेको भए पनि केसीले आइतबार फेरि अधिवेशनको नाममा गुटगत भेला गरेको आरोप लगाएका छन् ।
सन् २०१६ मा भएको छैटौं अधिवेशनमा विवाद सिर्जना भएका कारण सहमतिमा कार्यकाल सम्पन्न गर्नेगरी दण्डपानी कँडेल प्रथम र लालबहादुर केसीलाई द्वितीय सभापति चयन गरिएको थियो । सभापति कँडेलले सहमति अनुसार एक वर्षभित्र केसीलाई जिम्मेवादी हस्तान्तरण गरेको, तर केसीले भने सहमति अनुसार एक वर्षभित्र अधिवेशन गर्नुपर्नेमा पाँच वर्षसम्म पनि अधिवेशनको वातावरण नबनाएको उनीहरुको भनाइ छ ।
सभापति केसी पक्षको यस्ता क्रियाकलापका कारण संस्थामा फुटको वातावरण सिर्जना गर्ने भन्दै यस्ता गतिविधि तुरुन्त रोक्न समेत उनीहरुको आग्रह छ ।
उनीहरुले छैटौं कार्यकालका प्रथम सभापति कँडेललाई पुनः सभापतिमा क्रियाशील हुन समेत आग्रह गरेका छन् । साथै तत्काल केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् ।
प्रतिक्रिया 4