
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तनहुँका मासु पसलहरुमा डिजिटल कारोबार (क्यूआर कोड) विस्तार गरेको छ ।
डिजिटल कारोबार विस्तार गर्नेक्रममा बैंकले तनहुँका मासु पसलहरुमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।
व्यास नगरपालिका-३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा बैंकले एक कार्यक्रमका बीच क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त थोक तथा खुद्रा मासु बजार तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको छ ।
तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जीवन शाही र बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरीप्रसाद जोशीले संयुक्त रुपमा क्यूआर कोड सेवाको उद्घाटन गरेका थिए । तनहुँ मासु व्यवसायी समिति अन्तर्गत ३२ वटा भन्दा बढी थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भइरहेको छ ।
क्यूआर कोड सेवाको औपचारिक शुभारम्भ गर्दै शाहीले बैंकले भुक्तानी प्रणालीमा सहज बनाएर व्यवसायीहरुलाई सहयोग गरेको बताए । बैंकको सक्रियताले उक्त मासु पसलका व्यवसायीहरुलाई व्यवसाय विस्तारमा बैंकले सहयोग गर्ने अपेक्षा समितिले लिएको उनको भनाइ थियो ।
कार्यक्रममा जोशीले मासु समिति र व्यवसायीलाई व्यवसायिक सहयोग गर्न बैंक सधैं प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया 4