
१ असार, काठमाडौं । कारोबार खुलेको एक घण्टा ३० मिनेटमै सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।
यो समाचार तयार गर्दै गर्दा १२ बजर ३० मिनेटमा बजार परिसूचक नेप्से २.४६ प्रतिशत अर्थात् ४९ अंकले घटेको छ । बुधबार कारोबारमा आएका २१३ कम्पनी मध्ये यो अवधिमा १८५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य मात्रै बढ्दा ३ कम्पनीका सेयर मूल्य स्थिर छ ।
डेढ घण्टा अवधिमा १८ लाख ८८ हजार कित्ता सेयर १३ हजार ३७९ पटक कारोबार हुँदा कुल कारोबार रकम ७० करोडमा खुम्चिएको छ । आज जलविद्युत, लगानी र निर्जिवन बीमा उपसमूह ३ प्रतिशतसम्मले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4