
१ असार, काठमाडौं । शहरी विकासमन्त्री रामकुमार झाँक्रीले ५१ नगरपालिकालाई आर्थिक रुपमा चलायमान बनाउन भाइब्रेन्ट शहरका रुपमा छनोट गरिएको बताएकी छन् ।
एउटा शहरमा ५१ करोड रुपैयाँ लगानी गरेर नगरपालिकालाई आर्थिक रुपमा चलायमान बनाउने उनको योजना छ । यो रकमको ५० प्रतिशत रकम पूर्वाधार विकासमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री झाँक्रीले बताइन् ।
‘करिब ५१ नगरपालिकाका शहरहरुमा सघन शहरी कार्यक्रममा छनोट गरेका छौं । छनोट गर्ने क्रममा मेकानिज्म र इण्डिकेटरहरुलाई ध्यान दिएका छौं’ उनले भनिन् ।
उनले यस्ता योजना मन्त्रीको खल्तीबाट छनोट नभई गत मंसिरदेखि नै तयारी गरेर योजना छनोट गरेको उनले जानकारी गराइन् ।
धेरै आयोजना प्रस्तुत गरेर कार्यान्वयन नहुने परम्परालाई तोड्न थोरै कार्यक्रम तय गर्ने र त्यसलाई कार्यान्वयन गर्ने विधि अपनाएको मन्त्री झाँक्रीको भनाइ थियो ।
‘सीमानाका शहरहरुलाई आर्थिक हिसाबले चलायमान गराउनका लागि ती स्थानका शहरहरुको स्तर वृद्धि नयाँ कार्यक्रम ल्याएका छौं’ मन्त्री झाँक्रीले भनिन्, ‘हिमाली शहरहरुलाई हिमाली प्रोडक्ट टाउनका रुपमा विकास गर्नका लागि सुविधा सम्पन्न र पर्यटनका हिसाबले पनि प्रर्वद्धन गर्ने र उत्तरी सीमानामा रहेका शहरहरुको स्तरोन्नति गर्ने योजना प्राथमिकतामा राखेका छौं ।’
प्रतिक्रिया 4