
काठमाडौं । कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन कनेक्ट आईपीएस ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ । १ असारदेखि ३२ असारसम्म लागू हुने गरी अफर ल्याएको कनेक्ट आईपीएसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंक वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरी, आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर तथा इमेल भेरिफाइ गराउँदा सोही मोबाइल नम्बरमा रु.५० को रिचार्ज पाउन सक्नेछन् । त्यसैगरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कुटर जित्ने १ जना विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।
यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4