
१ असार, काठमाडौं । प्रहरीले ३६ ग्राम खैरो हिरोइनसहित नागढुंगाबाट एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-११ घर भएका ३२ वर्षीय पूर्णबहादुर विश्वकर्मा रहेका छन् ।
काकडभिट्टाबाट काठमाण्डौतर्फ आउँदै गरेको बा. प्र.०३-००१ ख २३१४ नम्बरको सार्वजनिक यात्रु बाहक बसलाई चेकजाँचका क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4