
काठमाडौं । सुदाम सीकेको निर्देशन रहेको नाटक ‘ऐया ! माया’ असार ७ गतेदेखि काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको छ । यसअघि च्यातिएको पर्दा, आन्दोलन र पाँच नाटक निर्देशन गरिसकेका सीकेको यो चौथो नाटक हो ।
‘ऐया ! माया’मा अभिव्यक्तिका मुख्य माध्यम शरीर, शब्द र संगीतको राम्रो संयोजन गर्ने प्रयास गरेको निर्देशक सीकेले बताए । नाटकले मानिसले बिर्सिरहेका कुराहरुलाई सम्झाउने प्रयत्न गर्ने उनको भनाइ छ ।
कथा घेराको प्रस्तुति रहेको नाटक ऐयामा अकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर सिवाकोटी र मुक्तिको अभिनय छ । शिवराज जोशी र शर्मिला गुरुङले संगीत दिएका छन् ।
करिब दुई महिनाको रिहर्सलपछि नाटक मञ्चनका लागि तयार भएको हो । असार ७ देखि मञ्चन सुरु हुने नाटक असार ३२ गतेसम्म सोमबार र मंगलबार बाहेक हरेक दिन साँझ साढे ५ बजे मञ्चन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4