
काठमाडौं । एमबीबीएसको प्रवेश परीक्षा तयारी गर्न इच्छुक विद्यार्थीहरूले घरमै बसेर इन्टर्नेटमार्फत् अनलाइन कक्षा पढ्न पाउने भएका छन्।
दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसन प्रालिले उच्चतम प्रविधि प्रयोग गरी घरमै बसेर न्यून शुल्कमा एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्न पाउने ब्यवस्था मिलाएको छ ।
मिदास इक्लासमा एमबीबीएसको साथै बीडीएस, बीएस्सी. नर्सिङ, बी परफ्युजन टेक्नोलजी, बीएएमएस, बी फार्मेसी, बीपीएस, बी अप्टोमेट्री, बीएस्सी एमएलटी, बीएमआईटी र बीपीटीको पनि प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन हुने मिदासले जनाएको छ ।
अनलाइन तयारी कक्षा अनुभवी र उत्कृष्ट शिक्षकले उत्तम प्रविधि प्रयोग गरी शिक्षण गराउने मिदासको भनाइ छ । मिदास इक्लास आइतबारदेखि शुक्रबारसम्म बिहान दुई र बेलुका दुई घण्टा सञ्चालन हुनेछ ।
अनलाइन कक्षाका लागि https://www.midaseclass.com/applicationform8 बाट फर्म एप्लाइ गर्न सकिने मिदासले जनाएको छ ।
प्रतिक्रिया 4