
२ असार, काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले निर्यात प्रोत्साहनको व्यवस्था तत्काल कार्यान गर्न सरकारसँग माग गरेको छ ।
सरकारले आर्थिक वर्ष २७९/८० को बजेट विनियोजनका क्रममा निकासीमा प्रोत्साहन गर्न ८ प्रतिशत नगद दिने व्यवस्था गरेपछि त्यसको स्वागत गर्दै संघले यथाशीघ्र कार्यान्वयनको माग गरेको हो ।
संघले विज्ञप्ति जारी गर्दै नेपालका सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्ने उद्योगको संरक्षण र व्यापारघाटा कम गर्न विद्युत महसुल छुट र निर्यातमा नगद प्रोत्साहनको व्यवस्थाको स्वागत गर्दै कार्यान्वयनको माग गरेको हो ।
सरकारले गरेको नीतिगत व्यवस्थाले देशमा रहेको चुनढुंगाको उल्लेखिय उपयोग हुने र यसले देशमा चुलिएको व्यापारघाटा कम गर्न तथा विदेशी मुद्रा सञ्चिती गर्न सहयोग पुग्ने संघको दाबी छ ।
सरकारले निर्यातमा ८ प्रतिशत नगद प्रोत्साह दिने र वार्षिक १० करोडभन्दा बढी विद्युत खपत् गर्ने उद्योगलाई १५ प्रतिशत महसुल छुट दिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया 4