+
+

र्‍याप गाउँदै स्वस्तिमाले सुनाइन्- म तिम्रो निश्चल अनि तिमी मेरो स्वस्तिमा !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:०४

काठमाडौं । स्वस्तिमा खड्का भर्सटाइल एक्ट्रेस लाग्छिन् । उनी अभिनित ‘चिसो मान्छे’ शुक्रबारदेखि रिलिज हुँदैछ । यस्तोमा फिल्म प्रचारमा उनी यति सक्रिय छिन् कि यसको लागि उनी र्‍यापर बन्न समेत पछि परिनन् ।

म तिम्रो निश्चल अनि तिमी मेरो स्वस्तिमा

तिमीलाई बाहेक मैले अरु कोही सोच्दिनँ

तिमी भए पुग्छ मलाई, अरु नि खोज्दिनँ

तिम्रो अघि कहिले मैले तरुनी रोज्दिनँ

म तिम्रो निश्चल अनि तिमी मेरो स्वस्तिमा’

र्‍यापर डीएनएक्ससँग मिलेर स्वस्तिमाले ती र्‍याप गाएकी हुन् । गएराति सम्पन्न नेपहपको श्रीपेचको नयाँ एपिसोडमा स्वस्तिमा हिपहप लुक्समै प्रस्तुत थिइन् । स्वस्तिमालाई प्रशंसा गर्दै डीएनएक्सले र्‍याप मात्र गाएनन्, दर्शकलाई जुरुक जुरुक समेत पारे ।

स्वस्तिमाका पति तथा निर्देशक निश्चल बस्नेतसँगको केमेस्ट्री मिलाएर उक्त गीत तयार थियो । गीतमा को-स्टार अर्पण थापाले पनि स्वस्तिमालाई थपडी बजाएर साथ दिए । स्वस्तिमाले र्‍यापर लाउरेको गीत पनि गाएकी थिइन् ।

शुक्रबारदेखि हलमा लाग्ने फिल्म ‘चिसो मान्छे’मा स्वस्तिमाले बाजुराकी युवतीको भूमिकामा अभिनय गरेकी छिन् । ट्रेलरबाट उनले प्रशंसा बटुलेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?