
२ असार, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको बिहीबार पहिलो कारोबार भयो । २६३ रुपैयाँबाट कारोबार खुलेको यो कम्पनीमा आईपीओ परेका लगानीकर्ताले पहिलो दिनमै ठूलो संख्यामा सेयर बेचेका छन् ।
बिहीबार दिउँसो १ बजेर ३३ मिनेटसम्मको कारोबार अनुसार भिर फल्सको २ हजार ४ सय ६६ वटा कारोबारबाट ५७ हजार ८९० कित्ता सेयर किनबेच भएको छ । ९.९७ प्रतिशत बढेको मूल्य २९०.२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि नेपाल स्टक एक्सचेन्ज र कम्पनीबीच ७० लाख कित्ता साधारण सेयर सूचिकरण गर्ने सम्झौता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4