
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको महाराजगञ्जमा रहेको काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टर प्रालिले उपलब्ध गराउने स्वास्थ्य सेवामा आकर्षक छुट पाउने भएका छन् ।
दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै प्याथल्याबले उपलब्ध गराउन विभिन्न स्वास्थ्य सेवाहरुमा बैंकका ग्राहकहरुले आकर्षक छुट पाउने बैंकले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर(स्क्यान पे) मार्फत उक्त प्याथल्याबबाट स्वास्थ्य सेवा लिएबापत भुक्तानी गर्ने ग्राहकले आकर्षक छुट प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4