
३ असार, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत चैत २१ गते परीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ ।
परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको कार्यालयमा तोकिएको दस्तुर तिरेर निवेदन दिन सक्ने आयोगले जनाएको छ ।
निमावि तहका शिक्षकको अन्तर्वार्ता असार ११ गते र मावि तहका शिक्षकको अन्तर्वार्ता असार २१ गते तोकिएको छ ।
हेर्नुहोस् प्राविको नतिजा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4