
काठमाडौं । अभिनेत्री मिरुना मगर र फुर्वा तामाङ प्रकरण अहिलेसम्म सेलाउन पाएको छैन । विवाद चर्किंदै जाँदा भारतको सिक्किममा फिल्मलाई प्रतिबन्ध लगाइएको छ भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा कायमै छ ।
‘कबड्डी ४’ फिल्मको हल दौडाहामा पुगेको बेला सिभिल मलमा फुर्वाले मिरुनालाई दुर्व्यवहार गरेको भन्दै विवाद उत्पन्न भएको थियो । अंगरक्षक नहुँदा उक्त घटना हुन नपुगेको कतिपयले विश्लेषण गरे । निर्माताले पनि बडिगार्ड राखेको भए हुने भन्दै महसुस गरे ।
गत महिना भएको उक्त घटनाको विवाद सेलाउन नपाउँदै शुक्रबार रिलिज भएको नयाँ फिल्म ‘चिसो मान्छे’ले भने मिरुना मगर प्रकरणबाट सतर्क हुँदै अभिनेत्री स्वस्तिमा खड्कालाई बडिगार्डको व्यवस्था गरेको छ ।
फिल्मको हल ‘भिजिट’मा स्वस्तिमा र अर्पण थापाको दायाँबायाँ दुईजना बडिगार्ड पनि कुदिरहेका छन् । वान सिनेमाज् र बिग मुभिजमा बिहान पुगेकी स्वस्तिमाका लागि बडिगार्डले भीड नियन्त्रणको प्रयास गरिरहेका थिए ।
निर्मात्री शर्मिला पाण्डेका अनुसार कलाकारको सुरक्षाको लागि हल भ्रमणभर ती बडिगार्ड सँगै रहनेछन् ।
प्रतिक्रिया 4