+
+

नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने 

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १३:३६

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सो विशेष सुविधा दिने गरी १ असारमा दुवै पक्षबीच सम्झौता भएको हो ।

सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाइनान्स अफिसर होमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोवाइल बैंकिङ रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो । यो सुबिधा सीमित समयको लागि प्रदान गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?