
काठमाडौं । भदौ १७ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत ‘जरुरी कुरा छ’ शुक्रबार सार्वजनिक गरिएको छ ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा पूजा शर्मा र सोनम थोप्देन फिचर्ड छन् । अन्जु पन्त र सुरेश लामाको स्वर समावेश गीतलाई सुरेश वाग्लेले लेखेका हुन् ।
बेलायत र मध्यपूर्वको आकर्षक लोकेसनलाई गीतमा कैद गरिएको छ । गीतमा फिल्मका दुई मुख्य पात्र पूजा र सोनमको चरित्रबीचको सम्बन्ध स्थापना गर्न प्रयत्न गरिएको छ ।
सुदर्शन थापा निर्देशित यो लभस्टोरी फिल्मबाट थोप्देनले नेपाली फिल्ममा डेब्यु गरेका हुन् । फिल्मको मुख्य भूमिकामा आकाश श्रेष्ठ पनि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4