
३, असार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जोड दिन नसक्दा भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन नसकेको बताएका छन् ।
चितवनको भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुरमा केन्द्रीय सरकारी अस्पताल, क्यान्सर अस्पताल रहेको तथा शिक्षक अस्पताल बन्ने सुनिश्चिता भएकाले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउने पर्याप्त आधार भएको बताए ।
‘अलिकति मेरो पनि जोडबल पुगेन, नीति तथा कार्यक्रम र बजेटमा भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन सक्थेँ’ उनले भने, मलाई अहिले मेरै ध्यान र जोड नपुगेको महसुस भएको छ ।’
भरतपुर अस्पताललाई शिक्षण बनाउन प्रधानमन्त्रीसँग सम्वाद गर्ने समेत उनले बताए । उनले भने, ‘मसँग केही आधार पनि छन् । तपार्इँको डडेल्धुरा मात्रै होइन, चितवनमा पनि शिक्षण अस्पताल बनाउन प¥यो भन्छु ।’
भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले चितवनको भरतपुर अस्पताललाई केन्द्रमा राखेर क्यान्सर अस्पताल मिलाएर शिक्षण अस्पताल बनाउनुपर्ने बताए । यसका लागि प्रचण्डले एक धक्का दिनुपर्ने उनको तर्क थियषे ।
सरकारले भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा घोषणा गरेको छ तर पूर्वाधार र जनशक्ति भने निकै कम रहेको अस्पतालले गुनासो गर्दै आएको छ ।
प्रतिक्रिया 4