
फाइल तस्वीर
काठमाडौं । आगामी तिहारमा ६ फिल्मबीच नेपाली बक्स अफिसमा भिडन्त हुने निश्चित भएको छ । दुई दिनको अन्तरालमा तीन नेपाली र तीन विदेशी फिल्म प्रदर्शनमा आउने भएका हुन् ।
कात्तिक ४ गते शुक्रबार ‘२ नम्बरी’ र ‘नालापानी’ प्रदर्शन हुनेछन् भने कात्तिक ६ गते ‘परस्त्री’ पनि रिलिज हुने भएको छ । यी तीनै नेपाली फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।
तर ‘परस्त्री’को ठाउँमा ‘के घर के डेरा’ पनि आउन सक्नेबारे छलफल सुरु भएको छ । यी दुईमध्ये एक फिल्म कात्तिक ४ मा रिलिज हुनेछ । यदि ‘के घर के डेरा’ पनि आउँदा दयाहाङकै ‘२ नम्बरी’सँग जुध्नेछ ।
यी नेपाली फिल्मलाई विदेशी फिल्मले पनि चुनौती दिन सक्छन् । ड्वायन रक जोन्सन स्टारर ‘ब्ल्याक आडम’ कात्तिक ४ गते, कात्तिक ७ गते अजय देवगणको ‘थ्यांक गड’ र अक्षय कुमारको ‘रामसेतु’ प्रदर्शन हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4