
५ असार, हेटौंडा । प्रहरीले लागुपदार्थ खैरो हिरोइन सहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँचका क्रममा लागु औंषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका हुन् ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको गाडी चेक गर्ने क्रममा हेटौंडा-१ चाइनाक्वार्टरका ३४ बर्षीय निराजन घिमिरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले घिमिरेको साथबाट ५ ग्राम लागु औषध खैरो हिरोइन फेला पारेको थियो । पक्राउ परेका घिमिरे माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4