
काठमाडौं । गायक सचिन रौनियारले आफ्नो नयाँ गीत ‘किन हरहर’ ल्याएका छन् । गीतमा उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् । लोक फ्युजन शैलीको यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ भने उदय पौडेलले एरेन्ज गरेका छन् ।
सुनिल क्षेत्रीले निर्देशन गरेको गीतको भिडियोबाट सचिनकी छोरी सिल्भिया रौनियारले डेब्यु गरेकी छन् । भिडियोमा सुनिल आफैं पनि फिचर्ड छन् । भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।
नेपाली संगीत क्षेत्रमा करिब तीन दशक बिताइसकेका गायक सचिनका १२ वटा एल्बम सार्वजनिक भइसकेका छन् भने उनको धेरै गीत रुचाइएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4