
५ असार, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ यारुवगरस्थित यारुखोलाले बगाएर एक व्यक्ति वेपत्ता भएका छन् ।
चुमनुव्री गाउँपालिका वडा नम्वर ३ का अन्दाजी ३५ वर्षे माइला गुरुङलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
‘माछाखोलाबाट खच्चडमा सामान लिएर उत्तरी गोरखा जाँदै रहेछन्,’ जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले भने, ‘यारुखोला तर्ने क्रममा खच्चड बगाएछ, त्यही खच्चडलाई बचाउन खोज्दा आफै बगेछन् ।’
उनको खाजी कार्य जारी रहेको एसपी खनालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4