
६ असार,बुटवल । तिनाउ नदीमा कवाड संकलन गर्न गएका एक वृद्धको बाढीले बगाएर मृत्यु भएको छ ।
बुटवलको बुद्धनगरमा नदीको बीच भागमा रहेकै बेला पाल्पातर्फबाट एक्कासी बाढी आएर बगाएपछि बुटवल–११ बुद्धनगरका ६४ वर्षीय किशोर बहादुर नेपालीको मृत्यु भएको हो ।
बाढीले बगाएर मृतक नेपालीको शवलाई बुटवलकै प्रगतिनगरमा पर्ने नदीबाट सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेस बुटवलका सशस्त्र प्रहरी सहायक निरीक्षक नारायण अर्यालको कमाण्डमा खटिएको टोलीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
मृतकको घर पाल्पा भए पनि उनी केही समयदेखि बुटवलको सुकुम्बासी बस्ती बुद्धनगरमा बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4