
काठमाडौं । पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ अस्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ । आगामी जुलाई ९ (असार २५ गते)मा स्थानीय सिभिक थिएटरमा फिल्म प्रदर्शन हुन लागेको वितरण कम्पनी नेपसिनेका विधान कार्कीले बताए ।
कम्पनीले फिल्मको नेपाल, हङकङ र बेलायत बाहेकका मुलुकको प्रदर्शन अधिकार लिएको छ । सिड्नीमा हुने प्रदर्शनमा नेपसिनेले अस्ट्रेलियास्थित इभेन्ट म्यानेजमेन्ट कम्पनी कलर्स अफ नेपालसँग सहकार्य गरेको हो ।
प्रदर्शनमा अभिनेत्री पूजा र निर्देशक सुदर्शन थापा पनि उपस्थित हुने भएका छन् । सिड्नी प्रदर्शनअघि फिल्म अस्ट्रेलियाको मेलबर्नमा जुलाई ५ तारिखको दिन प्रदर्शन हुनेछ ।
नेपालमा गत फागुन १३ गते फिल्म रिलिज भएको थियो । लभस्टोरी फिल्ममा हरिहर शर्मा र दिनेश डीसीको पनि मुख्य भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4