
काठमाडौं । नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’मा आधारित हुने सोही शीर्षकको फिल्ममा कालीप्रसाद बाँस्कोटाले संगीत दिने भएका छन् । निर्माता निशा खरेल र संगीतकार बाँस्कोटाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बाँस्कोटाले दुई गीत तयार पार्नेछन् ।
मंसिरदेखि छायांकन हुने फिल्मको निर्देशक आगामी साता तय हुने कार्यकारी निर्माता रोजित भट्टराईले जानकारी दिए । निर्देशकको लागि अहिलेका चल्तीका दुई निर्देशकसँग छलफल भइरहेको निर्माण कम्पनीले जनाएको छ । कलाकारका विषयमा पनि छलफल अघि बढेको छ ।
उपन्यासकार समेत रहेका पाण्डे र निर्मात्री खरेलले मिलेर पटकथा लेखिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4