
६ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
चितवनको खैरहनी नगरपालिका-४ बस्ने ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ६ दिन कैद सजाय र १३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
तामाङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी एभरेष्ठ बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
चितवनमा लुकिछपी बसिरहेको अवस्थामा तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4