
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टिम सेन्टर प्रालि बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरङकुमार रौनियारले हस्ताक्षर गरे ।
सम्झौता अनुसार आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकलाई स्टिम सेन्टर बत्तीसपुतली, काठमाडौँमा प्राप्त हुने सेवाहरु जस्तैः प्याथोलोजी टेस्ट, रेडियोलोजी टेस्ट, फार्मेसी, डेन्टल तथा अफथालमोलोजिकल प्रोडक्समा १५ प्रशितसम्म छुट प्राप्त हुनेछ ।
स्टिम सेन्टरबाट प्याथोलोजीसम्बन्धी १८९ भन्दा बढी, रेडियोलोजीमा ८१ भन्दा बढी र डेन्टलसम्बन्धी ३७ भन्दा बढी टेस्ट लगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिकने संस्थाले जनाएको छ ।
आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्टिम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।
प्रतिक्रिया 4