
६ असार, काठमाडौं । लामो समयदेखि ह्वाट्सएप प्रयोगकर्ताले प्रतिक्षा गरिरहेको एउटा खास फिचर ह्वाट्सएपले सुरु गरेको छ ।
ह्वाट्सएपमा भएको नयाँ अपडेटसँगै थपिएको उक्त फिचरका सहायताले अब एन्ड्रोइड स्मार्टफोनमा रहेका ह्वाट्सएप च्याटलाई आइफोनमा सार्न सकिनेछ ।
वास्तवमा ह्वाट्सएप र एप्पलबचि भएको साझेदारी अन्तरगत अब प्रयोगकर्ताले एन्ड्रोइड फोनका डाटासँगै ह्वाट्सएप डाटापनि नयाँ आइफोनमा ट्रान्सफर गर्न पाउनेछन् ।
यस विषयमा ह्वाट्सएपको मातृ कम्पनी मेटाका सिइओ मार्क जुकरबर्गले एक फेसबुक पोस्टमार्फत जानकारी दिँदै ह्वाट्सएपमा बहु प्रतिक्षित क्षमता थप गरिएको जनाएका छन् । उक्त नयाँ फिचरसँगै अब ह्वाट्सएपको च्याट हिस्ट्री, फोटो, भिडियो तथा भ्वाइस मेसेज पनि एन्ड्रोइड फोनबाट आइफोनमा सार्न सकिन्छ । साथै यस्तो ट्रान्सफर पूर्ण रुपमा सुरक्षित हुने बताइएको छ ।
स्मरण रहोस् आइफोनबाट ह्वाट्सएप डाटालाई एन्ड्रोइडमा सार्ने सुविधा चाहीँ पहिलेदेखि नै थियो। एन्ड्रोइडमा पनि यो सुविधा उपलब्ध गराउने घोषणा ह्वाट्सएपले १० महिनाअघि मात्रै गरेको थियो ।
ह्वाट्सएपका अनुसार यो सुविधा एन्ड्रोइड ५ अपरेटिङ सिस्टम भनदा पछिका स्मार्टफोन तथा आइओएस १५.५ भनदा पछिका आइफोनमा मात्रै उपलब्ध हुनेछ ।
यदि तपाइँ एन्ड्रोइड डिभाइसबाट आइफोनमा स्विच गर्दै हुनुहुन्छ भने तपाइँले आफ्नो ह्वाट्सएप अकाउन्टको जानकारी, प्रोफाइल फोटो, च्याट, ग्रुप च्याट, च्याट हिस्ट्री, मिडिया तथा सेटिंग्स समेत ट्रान्सफर गर्न सक्नुहुन्छ । तपाइँले आफ्नो कल हिस्ट्री वा ह्वाट्सएपमा आफ्नो डिस्प्ले नाम भने ट्रान्सफर गर्न सक्नुहुनेछैन । उक्त डाटा ब्याकअपका लागि तपाइँले आफ्नो एन्ड्रोइड फोनमा Move to iOS एप डाउनलोड गर्नुपर्दछ ।
यसरी ह्वाट्सएप डाटा ट्रान्सफरका लागि कुनै केवलको आवश्यकता पर्दैन । आइफोन र एन्ड्रोइड फोनलाई एउटै वाइफाइ नेटवर्कमा जोड्नुपर्दछ वा एनड्रोइड डिभाइसलाई आइफोनको हटस्पटमा कनेक्ट गर्दा पनि हुन्छ । त्यसपछि तलको विधि अपनाउनुहोस्ः
- आफ्नो एन्ड्रोइड फोनमा Move to iOS एप खोल्नुहोस् र स्क्रिनमा देखिएको निर्देशनको पालना गर्नुहोस्
- तपाइँको आइफोनमा एउटा कोड देखिनेछ सो कोड तपाइँको एन्ड्रोइड फोनमा हाल्नुहोस्
- त्यसपछि Continue मा ट्याप गर्नुहोस् र स्क्रिनमा देखिएको निर्देशन पालना गर्नुहोस्
- Transfer Data स्क्रिनमा WhatsApp छान्नुहोस्
- त्यसपछि एन्ड्रोइड फोनमा क्तबचत अप्सनमा ट्याप गर्नुहोस् र ह्वाट्सएपका डाटा भहउयचत हुँदासम्म पर्खनुहोस् । जब डाटा ट्रान्सफरका लागि तयार हुन्छ तब तपाइँको एन्ड्रोइडमा ह्वाट्सएप साइनआउट हुनेछ ।
- Move to iOS एपमा फर्किएर Continue मा ट्याप गरी डाटा ट्रान्सफर हुन्जेल पर्खनुहोस् ।
- एप स्टोरबाट आइफोनमा ह्वाट्सएपको नयाँ भर्सन डाउनलोड गर्नुहोस्
- ह्वाट्सएप खोलेर त्यहीँ नम्बरबाट लगइन गर्नुहोस् जुन तपाइँले आफ्नो एन्ड्रोइड फोनमा गर्नुहुन्थ्यो ।
- त्यसपछि Start मा ट्याप गर्नुहोस् र प्रक्रिया पूरा हुन दिनुहोस् ।
- जब तपाइँको नयाँ डिभाइस एक्टिभेट हुन्छ तब तपाइँले आफ्नो नयाँ डिभाइस आइफोनमा ह्वाट्सएप च्याट देख्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4