६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्व चयनका लिग अहिले मतदान भइरहेको छ । यो मतदानबाट आगामी चार वर्षका लागि नेतृत्व चयन हुने छ ।
यो मतदानबाट अध्यक्षसहित २१ सदस्यीय कार्यसमिति सदस्य चयन हुने छन् । कर्मा छिरिङ शेर्पा र पंकज विक्रम नेम्वाङ पूरै प्यानलसहित प्रतिस्पर्धामा छन् ।
निर्वाचनबाट अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १५ सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा कूल ८४ मताधिकार छ । मतदान सकिएपछि मत गणना हुनेछ ।
प्रतिक्रिया 4