
काठमाडौं । नेपालमा हुने बजारीकरणलाई अन्तर्रास्ट्रिय स्तरको बनाउने योजनाका साथ नेप्लिज मार्केटिङ एशोसिएसन गठन भएको छ ।
गठित संस्थाले नेपालमा बजारीकरणको उपयोगितासम्बन्धी सरकारी र गैर सरकारी क्षेत्रमा जागरण ल्याउने मुख्य उदेश्य रहेको उक्त संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गठित संस्थाले बजारीकरण सम्बन्धी तालिम, परामर्श, अनुसन्धान, प्रकाशन, सहकार्य लगायतका विषयमा छलफल गर्ने मञ्च प्रदान गर्ने, बजारीकरणसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गर्ने विज्ञप्तिमा उल्लेख छ ।
संस्थाका उदेश्यहरु परिपूर्ति गर्न नेप्लिज मार्केटिङ एशोसिएसनले विभिन्न कार्यहरु सञ्चालन गर्दै आइरहेको संस्थाको भनाइ छ ।
संस्थाले आगामी शुक्रबार र शनिबार दुई दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्न लागेको जनाएको छ । उक्त कार्यक्रम दुइ विदेशी विशेषज्ञहरुको पनि सहभागिता रहने छ । कार्यक्रम होटल याक एन्ड यतिमा सञ्चालन हुने छ।
प्रतिक्रिया 4