+

रुपन्देही भलिबल संघको अध्यक्षमा शाक्य

२०७९ असार  ६ गते १८:२४ २०७९ असार ६ गते १८:२४
रुपन्देही भलिबल संघको अध्यक्षमा शाक्य

६ असार, बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्रकुमार शाक्य निर्वाचित भएका छन् । संघको ८ औं वार्षिक साधारण सभा तथा ५ औं जिल्ला अधिवेशनले शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा रामबहादुर थापा र लोकेन्द्र भण्डारी, महासचिवमा शेरजंग गुरुङ (ईश्वर) र कोषाध्यक्षमा तुलबहादुर थापा चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा महेश खनाल, विश्वास ढकाल, ममता बुढाथोकी, लालप्रकाश थापा, विजयी गुरुङ, ईन्दीरा राना, प्रताप खवास र किशन बहादुर चन्द निर्वाचित भएका निर्वाचन समिति सदस्य यमलाल भुसालले जानकारी दिए ।

साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदको विकास र प्रवद्र्धनका लागि राजनैतिक आस्था भन्दा माथि उठ्नुपर्ने बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय