
२० वर्षीय अमन खानमाथि चक्कु प्रहार गरेका आरोपी अशोक यादव र सन्तोष यादव।
६ असार, काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका, बाफलमा एकजना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुईजनाले चक्कु प्रहार गरेका हुन् ।
उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएको प्रहरी वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेले बताए ।
प्रहरीका अनुसार खानलाई कालिमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कुटपिट तथा चक्कु प्रहार गरेको देखिएको छ ।
‘समूहको विवादमा घटना भएको जस्तो देखिन्छ, दुई जनालाई खोजी गरिरहेका छौं’, घिमिरले भने, ‘अनुसन्धान गरिरहेका छौं ।’ पीडित खानले माछा पसलमा गएका बेला आफूमाथि बिना कारण कुटपिट र चक्कु प्रहार भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4